रास्वपालाई सूर्य थापाको प्रश्न ‘हामी रत्नपार्क, सहिद गेटमा छौँ कि… कलंकीमा  ? 


काठमाडौं – प्रतिनिधिसभा सदस्य सूर्य थापाले प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले गरेको विरोधप्रति आपत्ति जनाएका छन् ।  प्रतिनिधिसभामा बैठकमा नियम आपत्ति जनाउँदै बजेटमाथि छलफल भइरहेको समयमा मर्यादा पालना नगरेकाे भन्दै ध्यानाकर्षण गराएका हुन् ।

थापाले भने,‘ बैठक कसरी चल्नुपर्ने हो ? कस्तो वातावरण बनाउनुपर्ने हो, हामी सबै  सदस्यहरूले कस्तो मर्यादा पालना गर्नुपर्ने हो ? र कस्तो मर्यादाकाबीचमा यो बैठक गर्नुपर्ने हो । म यो ध्यानाकर्षण गराउन चाहन्छु,’

उनले थपे, ‘ हामी रत्नपार्कमा छौँ कि, शहीद गेटमा छकौँ कि कलंकीमा छौँ, पोखरा  चिप्ले ढुङ्गामा छौँ, मैले बुझ्न पाइन, बुझ् सकिनन् ..माननीय सदस्यहरूका कुर्सी रोइरहेका छन् । कुर्सीले माननीय सदस्यहरू भेट्न पाएका छैनन् । 

प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जारी राखेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बहिस्कार गरेको छ । यी दुई प्रतिपक्षी दल भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै विरोधमा उत्रिएका हुन् । बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट माथि छलफल चलिरहँदा रास्वपा सांसद्हररुले नाराबाजी गरिरहेका छन्।