मञ्जुश्री फाइनान्सको संस्थापक शेयर बिक्रीमा 


काठमाडौं – मञ्जुश्री फाइनान्स कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुका लागि संस्थापक शेयर बिक्री खुला गरेको छ । यस संस्थाका विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर बिक्री  खुला गरेको हो । 

उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिन सक्नेछन्।आवेदनका लागि यस संस्थाको  केन्द्रीय कार्यालय नयाँ बानेश्वर काठमाडौंमा आफूले खरिद गर्न शेयर संख्या खुलाई आवेदन दिन सक्नेछन् । 

उक्त शेयरमा संस्थापक शेयरधनीबाट तोकिएको म्याद भित्र आवेदन नआएमा सो शेयर अन्य व्यक्तिमा बिक्री गरिने कम्पनीले जानकारी दिएको छ ।  कम्पनीले संस्थापक शेयर संख्या भने खुलाएको छैन ।