क्यानडा र युके पठाइदिन्छु भन्दै २५ लाख ठगी गर्न दुई जना पक्राउ 


काठमाडौं – बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि क्यानडा र  युके पठाइदिन्छु भन्दै ठगी गर्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कपिलवस्तुका ३५ वर्षकी दिपा शर्मा र झापाका २७ वर्षको व्रिजेश सुवेदी रहेका छन् । शर्माले एक जनालाई क्यानडा पठाइदिन्छु भन्दै २३ लाख ५० हजार रुपैयाँ ठगी गरेकी थिइन् भने, सुवेदी पनि एक जनालाई  युके  पठाइदिन्छु भन्दै २ लाख ५० हजार ठगी गरेका थिए । 

उनीलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि सम्बन्धित कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ।