७ महिनामा ६ खर्ब ९० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो, ४ लाख ८२ हजार जनाले श्रम स्वीकृति लिए

७ महिनामा ६ खर्ब ९० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो, ४ लाख ८२ हजार जनाले श्रम स्वीकृति लिए


बैकिङ्ग समाचार  
 
चालु आर्थिक वर्ष २०७९/०८० को सात महिनामा नेपाल भित्रिने रेमिट्यान्स बढेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार सात महिनामा रेमिट्यान्स २७ दशमलव एक प्रतिशतले वृद्धि भई ६ खर्ब ८९ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ । 
सात महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ५७ दशमलव तीन प्रतिशतले वृद्धि भई तीन लाख १४ हजार सात सय ६७ जना पुगेको छ ।
त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या सात महिनामा १० दशमलव एक प्रतिशतले वृद्धि भई एक लाख ६७ लाख सात सय आठ जना पुगेको छ । अघिल्लो वर्षको सात महिनामा यस्तो सङ्ख्या दुई सय ६६ प्रतिशतले बढेको थियो ।