काठमाडौं – आपराधिक लाभ लिन गोपनीयताका विषयमा फोटो तथा भिडियो बनाएर धम्की दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुरका २९ वर्षको सुजन भुजेल र वर्ष २१ को विपल राई रहेका छन् ।
उनीहरूले (परिवर्तित नाम) ‘व’ को गोपनीयताका विषयमा फोटो तथा भिडियो बनाएका थिए । पीडितसँग पीडितको आफन्त तथा साथीभाइलाई उक्त फोटो तथा भिडियो पठाइदिन्छु भन्दै पैसा माग गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय सखुवासभाका सूचना अधिकारी अभिषेक कुमार श्रेष्ठले बताए ।
पीडितको उजुरीका आधारमा उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सखुवासभाबाट खटिएका प्रहरीका टोलीले सखुवासभाको खादबाँरी १ बाट प्रहरी गरिएको उनले बताए । उनीहरुविरुद्ध २७ गते पीडितले प्रहरीमा जाहेरी दिएको उनी बताउँछन् ।
उक्त पीडितको फोटो र भिडियो आफन्त तथा साथीभाइ पठाई चरित्र हत्या समेत गरेको श्रेष्ठले बताए । उनीहरूले पीडितसँग उक्त फोटो र भिडियोमा देखिने व्यक्तिलाई फोन र म्यासेज गरी उक्त फोटो र भिडियो सार्वजनिक गरी दिने धम्की दिई डर त्रास देखाई रकम माग गरेको पाइएको श्रेष्ठले बताए । बाँकी विवरण बयान पश्चात् प्राप्त हुने उनले बताए । उनीहरूलाई जिल्ला अदालत चैनपुरबाट म्याद थप लिई थप अनुसन्धानका कार्य भइरहेको उनी बताउँछन् ।






About Us
प्रतिक्रिया