विन नेपाल लघुवित्तका सीइओ खनालकाे राजीनामा स्वीकृत, खतिवडा नियुक्त


काठमाडौं –  विन नेपाल लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीइओ) जीवन खनालले राजीनामा दिएका छन् । कम्पनीको जेठ २९ गते बसेको सञ्चालक समितिको ४६ औंं बैंठकको निर्णय अनुसार खनालको राजीनामा स्वीकृत गरेको हो ।

खनालले दिएको राजीनामा असार १ गते आजदेखि लागू हुने गरी स्वीकृत भएको छ । साथै, संस्थाको नायव प्रमुख कार्यकारी अधिकृतमा कार्यरत दीपेन्द्र खतिवडालाई उक्त रिक्त रहेको सीइओमा नियुक्त गरेको हो ।

उनको कार्यकाल असार १ गते आजदेखि लागू हुने गरी सुरु भएको छ ।