काठमाडौं – राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आजदेखि ९असार १० हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ताको अनुपातमा शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीले ६१ करोड २७ लाख ९३ हजार ८ सय बराबरको प्रतिशेयर १०० अंकित दरका ६१ लाख २७ हजार ९ सय ३८ कित्ता शेयर निष्कासन गरेको छ । यस कम्पनीको उक्त शेयरमा लगानीकर्ताले असार २२ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
लगानीकर्ताले बिक्री प्रबन्धक साथै मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयहरू बिर्तामोड झापा, विराटनगर मोरङ, वीरगन्ज–पर्सा, जनकपुर–धनुषा, नारायणगढ– चितवन, पोखरा कास्की चिप्लेढुङ्गा,बुटवल रुपन्देही नेपालगञ्ज बाँके, वीरेन्द्रनगर सुर्खेत, धनगढी कैलाली र महेन्द्रनगर कञ्चनपुरबाट आवेदन दिन सक्नेछन्।
त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सि आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन् ।






About Us
प्रतिक्रिया