काठमाडौं – मोबाइल पसल चोरीमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको विराटनगर नगरपालिका ११ मा बस्ने २६ वर्षको रेशन मण्डल, मोरङको धनपाल थान बस्ने २२ वर्षको विशाल कुमार सिंह र भारतको आररिया जिल्लाका १८ वर्षको कृष पासवान रहेका छन् ।
उनीहरूले मोरङको कटहरी गाउँपालिका ४ नयाँ बजारस्थित राज मोबाइल केयर नामक मोबाइल पसल फोडी विभिन्न सामानको चोरी गरेकाे प्रहरीले जनाएको छ । उनीहरूले उक्त पसलमा गत वैशाख ११ गते चोरी गरेका थिए । चोरी भएको निवेदन आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले अनुसन्धान गर्दै जाँदा सिंहलाई २७ गते पक्राउ गरेको थियो ।
त्यसपश्चात् प्रहरीले मण्डलको कोठामा गई थप अनुसन्धान गर्दा चोरी भएको सामान कोठामा लुकाइ राखेको खुल्न आएको प्रहरीले जनाएको छ । सोक्रममा प्रहरीले लुकाइ छिपाइ राखेका विभिन्न कम्पनीका नयाँ तथा पुराना मोबाइल, मोबाइलका पार्टपुर्जा र चारी गर्न प्रयोग गरिने सामान फेला परेको थियो, भने त्यस घटनास्थलबाट मण्डल र पासवानलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
प्रहरीले साधा मोबाइलका सेटहरू ८ थान, एन्ड्रोइड मोबाइलका सेटहरू २१ थान, बिग्रिएका टुटफुट भएका विभिन्न कम्पनीका मोबाइल सेटहरू ५१ थान, ल्यापटपको ब्याट्री १ थान, मोबाइलका डिस्प्लेहरू १३ थान र चोरीमा प्रयोग हुने औजारहरू (ड्रिल, मेशिन, हथौडा, रड, पेच, कस, पिलास) ९ थान बरामद गरेको छ । उनीहरूलाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङ पठाइएको प्रहरीले जनाएको छ ।






About Us
प्रतिक्रिया