काठमाडौं – गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय कमलामाई सिन्धुलीले एक दिने केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सिन्धुलीमाढीमा सम्पन्न गरेको छ । उक्त कार्यक्रम आज मिति २०८२ साल जेष्ठ ३० गते भएको हो ।शाखा अन्तर्गत संचालित केन्द्र नम्बर ११५ कि सदस्य सुबि माया बैजुको सभापतित्वमा भएको कार्यक्रममा उक्त शाखाका शाखा प्रबन्धक सुरज दाहालले स्वागत मन्तव्य संगै शाखाको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
यस वित्तीय संस्थाका बरिष्ठ प्रबन्धक एवं कार्यसंचालन विभाग प्रमुख रविन्द्र कुमार न्यौपाने केसीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा रातमाटा अनुगमन कार्यालयका अनुगमन अधिकृत शुरेस राज भुजेल, शाखा कार्यालय खाङ्साङ र रातमाटाका शाखा प्रबन्धकहरु मोहन कुमार दनुवार र निरन्जन साह गोढको उपस्थिति रहेको सो कार्यक्रममा केन्द्र प्रमुख, प्रतिनिधि, सदस्य एवं सफल व्यवसायीहरु सहित ४६ जनाको सक्रिय सहभागीता रहेको शाखा प्रबन्धक सुरज दाहालले जानकारी दिए।
शाखा अन्तर्गत गठन भई संचालनमा रहेका केन्द्रका केन्द्र प्रमुखहरुको दक्षता अभिवृद्धि एवं समीक्षा र अन्तक्रिया गर्ने उदेश्यले बार्षिक रुपमा संचालन हुने यस्ता कार्यक्रमले सकारात्मक प्रभाव पार्ने सहभागीहरुले विश्वास व्यक्त गरे । वार्षिक मुल्यांकनका आधारमा ३ वटा केन्द्रलाई सम्मान सहित पुरस्कार प्रदान गरिएको छ भने बर्षका उत्कृष्ट व्यवसायी र बचतकर्तालाई समेत सम्मान गरिएको वित्तीय संस्थाले जनाएको छ । कार्यक्रमको संचालन उक्त शाखाका कनिष्ठ सहायक राजेश यादवले गरेका थिए।






About Us
प्रतिक्रिया