सयपत्री हाइड्रोपावरले बोलायो ८ औँ वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?


काठमाडौं –  सयपत्री हाइड्रोपावर लिमिटेडले शेयरधनीहरुलाई ८ औ वार्षिक साधारण सभामा बोलाएको छ । कम्पनीको जेठ २९  गते बसेको ८१ औ  बैंठकले सो सभा बोलाएको हो । 

सभा असार २१ गते  ज्योती बैंक्वेट एण्ड इभेन्ट म्यानेजमेन्ट मैजुवाल कुमारीगाल काठमाडौंमा बिहान ८ बजेबाट सुरू हुनेछ । उक्त सभा प्रयोजनका लागि असार ९ गते शेयरधनी दर्ता किताब (बुक क्लोज) को मिति तय गरेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा  असार ८ गतेसम्म कारोबार गरेका शेयरधनीहरुले सो सभामा भाग लिन र मतदान गर्न पाउनेछन् ।