काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली असार तेस्रो साता स्पेन भ्रमणमा जाने भएका छन् । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा परराष्ट्र मन्त्री आरजु राणाले प्रधानमन्त्री ओली स्पेन भ्रमणबारे जानकारी दिइन् ।
परराष्ट्रमन्त्री राणाका अनुसार प्रधानमन्त्री ओली स्पेनको सेभिल सहरमा असार १६ देखि १९ गतेसम्म आयोजना हुने ‘विकासको लागि वित्त पोषण सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन जान लागेका हुन् ।
नेपाल पनि यसको आयोजक समितिमा बसेको हुनाले केही दिनअघि भएको भर्चुअल बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गरेको परराष्ट्र मन्त्री राणाले जानकारी दिइन् ।






About Us
प्रतिक्रिया