इमर्जिङ्ग नेपाल लिमिटेडको सञ्चालकमा भट्टराई 


काठमाडौं – इमर्जिङ्ग नेपाल लिमिटेडको सञ्चालकमा केशव प्रसाद  भट्टराई नियुक्त भएका छन् । कम्पनीको जेठ २९ गते बसेको सञ्चालक समितिको ९९ औँ बैठकको निर्णयअनुसार रिक्त रहेको उक्त पदमा  भट्टराई नियुक्त भएका हुन् । 

साथै, यसै बैठकबाट लालमणि जोशीको राजीनामा स्वीकृत गरेसँगै सो पदमा भट्टराईलाई नियुक्त गरेको हो ।