काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धानले मधेस प्रदेश सभा सदस्य सरोज कुमार सिंहलाई पक्राउ गरेको छ ।
उनले विभिन्न उपभोक्ता समितिहरू गठन गरी उक्त उपभोक्ता समितिका खातामा दाखिला भएको रकम आफ्नो निजी खातामा मार्फत झिकी त्यस रकम आफ्नो र श्रीमतीको खातामा बैंक राखेको पाइएको आयोगले जनाएको छ ।
उनको खातामा रकम जम्मा गरी सरकारी रकम दुरुपयोग गरी गराई भ्रष्टाचार जन्य कार्य गरेको आयोगको आरोप छ ।
महोत्तरीको मनराशिसवा नगरपालिका वडा नं.६ सरपल्लो स्थायी घर भई हाल धनुषाको, जनकपुर उपमहानगरपालिका वडा नं.९ बस्ने सिंहलाई काठमाडौं महानगरपालिका वडा नं. १० रत्न राज्य स्कुल नजिकबाट पक्राउ गरी नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगले जनाएकाे छ।






About Us
प्रतिक्रिया