हकप्रद शेयर निष्काशन गर्दै तेह्थुम पावर कम्पनी


काठमाडौं – तेह्थुम पावर कम्पनी लिमिटेडले आउदो असार १६ देखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्तापूँजी ४० करोड रुपैयाँको प्रतिशेयर १ सय रुपैयाँ अंकित दरका ४० लाख कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो।

कम्पनीले उक्त शेयर १ः१ अनुपातको अर्थातः विद्यमान १ कित्ता शेयर बराबर नयाँ १ कित्ता साधारण शेयर निष्काशन गर्न लागेको छ । लगानीकर्ताले उक्त शेयर खरिदका लागि आउदो साउन ४ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले सो शेयर निष्कासन प्रयोजनका लागि जेठ ५ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । जेठ ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरुले मात्र हकप्रद शेयर खरिदका लागि आवेदन दिन पाउने छन् ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नविल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।