काठमाडौं – उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्कासँग विश्व बैंक दक्षिण एशियाका क्षेत्रीय निर्देशक पङ्कज गुप्ताले भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित उर्जा मन्त्रालयमा आज भएको भेटमा विश्व बैँकले नेपालका जलविद्युत क्षेत्रमा गरेको लगानीका विषयमा छलफल भएको थियो ।
भेटमा उर्जामन्त्री खड्काले नेपालका जलविद्युत आयोजनामा विश्व बैंकले हालसम्म गरेको लगानीप्रति धन्यवाद दिँदै आगामी दिनमा पनि यसलाई निरन्तरता दिन आग्रह गरे । उनले अप्पर अरुण जलविद्युत आयोजनाको वित्तिय व्यवस्थापनको कार्यलाई चाँडो टुङ्गोमा पु¥याउन समेत विश्व बैंकसँग आग्रह गरेका थिए । यस्तै, विद्युतको आपूर्ति सुदृढीकरण गर्ने विषयमा समेत बैठकमा छलफल भएको थियो ।
भेटमा विश्व बैंकका क्षेत्रीय निर्देशक गुप्ताले विश्व बैंकले अप्पर अरुण जलविद्युत आयोजनालाई विश्व बैंकले प्राथमिकतामा राखेको बताएका थिए । भेटमा उर्जा मन्त्रालयका सचिव सुरेश आचार्य, सहसचिवद्धय चिरञ्जीवी चटौत, सागरराज गौतम, विश्व बैंक नेपालका देशीय निर्देशक डेभिड सिस्लेनलगायतको सहभागीता रहेको थियो ।






About Us
प्रतिक्रिया