काठमाडौं – स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले साबिक शेयरधनी र सर्वसाधारणका लागि संस्थापक शेयर बिक्री खुला गरेको छ । संस्थाले संस्थापक समूहतर्फको ५३ हजार कित्ता शेयर बिक्रीमा राखेको छ । उक्त शेयर खरिदका लागि पहिलो प्राथमिकता साबिक शेयधनीहरूलाई दिएको हो ।
शेयर खरिदका लागि असार १२ गते दिउसो ३ बजेभित्र बिक्री प्रबन्धक एनआइएबि एस क्यापिटल लिमिटेड लाजिम्पाट काठमाडौंमा आइपुग्ने गरी आवेदन दिन सक्नेछन् । इच्छुकले न्यूनतम प्रतिशेयर ४३५ रुपैयाँ वा सोभन्दा बढी आवेदन दिन सक्नेछन् ।



About Us
प्रतिक्रिया