काठमाडौं – डलर देखाई ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–५ जोरपाटी बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका९३ घर भएका २९ वर्षीय धन बहादुर तामाङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
गोकर्णेश्वर, जोरपाटी लगायतका विभिन्न ठाउँमा नक्कली डलर देखाएर ठगी गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न धन बहादुरलाई बुढानीलकण्ठ नगरपालिका–११ कपनबाट पक्राउ गरेको हो ।
साथै, तामाङले डलर देखाई ठगी गरेको कसुरमा अन्य प्रहरी कार्यालयहरूबाट समेत ४ वटा मुद्रामा पक्राउ परेको अभिलेखबाट देखिएको प्रहरीले बताएको छ । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।






About Us
प्रतिक्रिया