काठमाडाैं – नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले नेपाल मोबिलिटी एक्स्पो २०२५ को स्टल बाँडफाड कार्यक्रम सम्पन्न गरेकाे छ । उक्त प्रदर्शनी २०८२ साउन २१ देखि २५ गते (6 to 10 August 2025) सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुनेछ।
उक्त कार्यक्रममा चार पांग्रे, दुई पांग्रे, र व्यावसायिक सवारी साधन क्षेत्रका गरी ५० ब्रान्डहरूको उत्साहजनक सहभागिता रहेको थियो। कुल ४८ स्टलमध्ये २१ वटा चार पांग्रे सवारी ब्रान्डलाई, १८ वटा दुई पांग्रे ब्रान्डलाई, र ९ वटा स्टल व्यावसायिक सवारी साधन ब्रान्डलाई प्रदान गरिएको हो। नेपालको अटोमोबाइल उद्योगका प्रमुख ब्रान्डहरूबाट प्राप्त सकारात्मक र उत्साहजनक सहभागिताले हामी अत्यन्त हर्षित र उत्साहित छौं। सबै स्टल बुक भइसकेका छन् र अब हामी प्रदर्शनीको कार्यान्वयनमा ध्यान केन्द्रित गर्दैछौ’, NAIMA अध्यक्ष रितु सिंह वैद्यले भनिन्।
नाइमाले नेपालका मोबिलिटी क्षेत्रको साझा आवाजको प्रतिनिधित्व गर्ने, रणनीतिक सहकार्य गर्ने, विकासमा योगदान पुऱ्याउने तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नीति निर्माताहरूसँग प्रभावकारी पैरवी गर्ने साझा थलोको रूपमा काम गर्दछ। नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ ले परम्परागत प्रदर्शनीको ढाँचाहरुमा नविनता थग्नेछ यो प्रदर्शनले बजारमा धेरै उपभोक्ता र अटोमोबाईल व्यवसायीहरूलाई आफ्नो सवारी साधनलाई नयाँ र आकर्षक ढङ्गले प्रस्तुत गर्ने अवसर पाउने छन् । प्रदर्शनीको समग्र व्यवस्थापन मिडिया स्पेस सोलुसन प्रा.लि. ले गर्नेछ।
NAIMA Nepal Mobility Expo 2025 मा देहायका ब्राण्डहरुले सहभागिता सुनिश्चित गरेका छन्:
सहभागी चार पांग्रे सवारी ब्रान्डहरू: BYD, Citroen, Forthing, Great Wall Motors, Henrey Volts, Hyundai, Kaiyi, KIA, Leapmotor, LEV 1, Mahindra, Maxus, Mazda, MG, Mitsubishi, Nissan, Omoda & Jaecoo, Peugeot, Proton, Renault, Toyota, Volkswagen, Zeekrसहभागी दुई पांग्रे सवारी ब्रान्डहरू: Ampere, Ather, Bajaj, Benelli, CFMoto, Gogoro, Honda, KTM, Mahindra, NIU, Revolt, Royal Enfield, Segway-Ninebot, Suzuki, Triumph, TVS,
Ultraviolette, Yadea, Zeeho.
सहभागी व्यावसायिक सवारी साधन ब्रान्डहरू: Chery Wanda, Dongfeng, Farizon, Huazi, Kama, Karry, Kinglong, Sunlong.






About Us
प्रतिक्रिया