सान्भी इनर्जीको आईपीओ बाँडफाँड


काठमाडौं – सान्भी इनर्जीको आईपीओ जेठ २६ सोमबार बाँडफाँड भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाहरू र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि जेठ ९ गतेदेखि आईपीओ निष्कासन गरेको थियो ।  सर्वसाधारणले कुल २ लाख ४१ हजार ५३० आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। 

कम्पनीले सर्वसाधारणबाट २४ लाख १५ हजार ३ सय कित्ताका लागि आवेदन माग गरेको थियो । सोही सेयर १० कित्ताका दरले बाँडफाँट गरिएको हो। 
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २४ करोड १५ लाख ३० हजार रुपैयाँ बराबरको २४ लाख १५ हजार ३०० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो।

कम्पनीले ८ करोड ८० लाख रुपैयाँ बराबरको ८ लाख ८० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरू र २ करोड ९१ लाख रुपैयाँ बराबरको २ लाख ९१ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि यसअघि नै निष्कासन गरेको थियो। 

त्यसैगरी, कम्पनीले १ लाख ४५ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरूका लागि  ५८ हजार २०० कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि बाँडफाँट गरिसकेको छ।  कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको आईपीओको नतिजा सीडीएससीको अनलाइन प्रणाली मेरो शेयरमा मार्फत हेर्न सकिनेछ।