काठमाडौं – अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको असार २९ गतेदेखि लकइन अवधि सकिने भएको छ । कम्पनीले १ करोड १५ लाख ८१ हजार ६५० कित्ता शेयर लकइनमा राखेको हो ।
जसमध्ये संस्थापक शेयरधनीको १ करोड १ लाख ९२ हजार ५०० कित्ता, आयोजना प्रभावित स्थानीय बासिन्दाको १३ लाख ५० हजार कित्ता र कम्पनीमा कार्यरत कर्मचारीको ३९ हजार १४० कित्ता शेयर लकइन अवधि सकिन लागेको हो ।





About Us
प्रतिक्रिया