काठमाडौं – बैंकिङ्ग समाचारद्वारा आयोजित ‘नेशनल बैंकिङ्ग डिस्कोर्श’ कार्यक्रममा ओम मेगा श्रीका संस्थापक मानार्थ डा. अर्जुनकुमार श्रेष्ठलाई सम्मानित गरिएको छ । काठमाडौंको मेरियट होटलमा आयोजित उक्त कार्यक्रममा पूर्व अर्थमन्त्री प्रकाश शरण महतले श्रेष्ठलाई ताम्रपत्रसहित सम्मान गरेका हुन् ।
देशको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्याएको र स्वदेशमै सम्भावना रहेको उदाहरण प्रस्तुत गरेकोमा उनलाई धन्यवादका साथै थप हौसला प्रदान गर्न स–सम्मान बैंकिङ्ग समाचारको ‘स्वदेशमै सम्भव छ’ भन्ने कार्यक्रमकातर्फबाट ताम्रपत्र प्रदान गरिएको हो ।
‘स्वस्थ नेपाल, निरोगी नेपाली’ को परिकल्पनासहित औषधि उत्पादनमा नेपाललाई आत्मनिर्भर बनाउने र विदेशमा समेत निर्यात गर्ने दृढ अठोटका साथ सञ्चालित ओम मेगा श्रीका संस्थापक मानार्थ डा. श्रेष्ठले दुई दशकसम्म युरोपमा विभिन्न व्यवसायको सफल नेतृत्व गरेका छन् ।

युरोपमा सफल व्यवसायीको रूपमा स्थापित भइसकेपछि उनले सबै कुरा त्यागेर ‘स्वदेशमै सम्भव छ’ भन्ने अठोटका साथ नेपाल फर्किएर व्यावसायिक जीवन प्रारम्भ गरेका हुन् । उनले मातृभूमिको सेवामा आफूलाई समर्पित गर्दै देशको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्याएका छन् र ठुलो संख्यामा रोजगारी सिर्जना गरेका छन् ।
कार्यक्रममा बोल्दै श्रेष्ठले बेल्जियममा बिताएको समयको अनुभव र त्यहाँ सिकेका कुराहरूले नेपालमा केही गर्ने प्रेरणा प्राप्त भएको बताए । उनले भने, ‘बेल्जियममा लामो समय बसेर त्यहाँको नागरिकता प्राप्त गरेपनि स्वास्थ्य र राष्ट्र लागि एक सङ्कल्पका साथ नेपाल फर्किएर औषधि क्षेत्रमा ओम मेगा श्री स्थापना गरेँ। साँच्चिकै, नेपालमै सम्भावना छ,’ उनले भने ।
उनले स्वदेशमा सम्भावना रहेको सन्देश प्रवाह गर्दै धेरै युवालाई रोजगारीमार्फत मार्गदर्शन गरिरहेका छन् । साथै, विदेशमा रहेका युवाहरूलाई नेपाल फर्केर आफ्नै व्यवसाय सुरु गर्न उदाहरण प्रस्तुत गर्दै आग्रह समेत गरेका छन् ।






About Us
प्रतिक्रिया