प्रतितोला १ सय रुपैयाँले घट्यो सुनको मूल्य 


काठमाडौं – नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट देखिएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको हो ।

योसँगै प्रतितोला छापावाल सुन १ लाख ९० हजार ६०० रुपैयाँ कायम भएको छ । हिजो आइतबार पनि सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले घटेको थियो । यो दिन प्रतितोला छापावाल सुन १ लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर २ हजार १५० रुपैयाँ कायम भएको छ । हिजो तोलामा ५ रुपैयाँले घटेर चाँदी २ हजार १४५ रुपैयाँमा किनबेच भएको थियो ।