कुमारी बैंकले विद्युतीय सवारीसाधन किन्न ८० प्रतिशतसम्म कर्जा दिने

कुमारी बैंकले विद्युतीय सवारीसाधन किन्न ८० प्रतिशतसम्म कर्जा दिने


बैंकिङ्ग समाचार, काठमाडौं ।

कुमारी बैंक र सिप्रदी ट्रेडिङ्गका बीच ग्राहकहरूलाई टाटा मोटर्सको विद्युतीय सवारी साधन खरिद गर्नको लागी कर्जा प्रदान गर्ने सम्झौता भएको छ ।

पछिल्लो समय विद्युतीय सवारी साधनको लोकप्रियता बढ्दै गएको र सोही अनुरूप आफ्ना ग्राहकहरुको माग पूरा गर्न कुमारी बैंकले आफ्ना देशव्यापी शाखाहरुबाट सहज रुपमा विद्युतीय सवारी साधन कर्जा उपलब्ध गराउने छ ।

यस सहकार्य पश्चात् कुमारी बैंकका ग्राहकहरूले टाटा मोटर्सको विद्युतीय सवारी साधन खरिद गर्दा बैंकबाट सजिलै बिजक मूल्यको ८० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्ने छन् । कर्जाको अवधी ८ वर्षसम्म रहने प्रावधान गरिएको बैंकले जनाएको छ ।

कुमारी बैंकले आफ्ना देशव्यापी ३०४ शाखा सञ्जाल, २९४ एटिएम, ६२ शाखारहित बैंकिङ्ग ईकाई तथा ४९ एक्सटेन्सन काउन्टरबाट बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे छ ।