काठमाडौं – बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना व्यक्ति पक्राउ परेका छन् । उनीहरूले कतार, पोर्चुगल, कुवेत र युके पठाइदिन्छु भन्दै ६० लाख भन्दा बढी ठगी गरेका थिए ।
पक्राउ पर्नेमा रौतहटका हरि कृष्ण ठाकुर, नवलपरासीका रिना गुरौ र काभ्रेपलान्चोकका कविराज सिपखान रहेका छन् । ठाकुरले एक जनालाई कतार पठाइदिन्छु भन्दै एक लाख रुपैयाँ ठगी गरेका थिए ।
गुरौले पोर्चुगल र कुवेत पठाइदिन्छु भन्दै ३ जनासँग अठार लाख पचपन्न हजार रुपैयाँ ठगी गरेका थिए । भने काभ्रेपलान्चोकका सिपखानले युके पठाइदिन्छु भन्दै एक जनासँग एकचालिस लाख चौध हजार रुपैयाँ ठगी गरेका थिए ।
उनीहरूलाई उपत्यकाका विभिन्न स्थानहरूबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।






About Us
प्रतिक्रिया