कृषि विकास बैंकको शाख र छवि सधैं उँचो राख्नेछु : सीईओ गुरुङ

कृषि विकास बैंकको शाख र छवि सधैं उँचो राख्नेछु : सीईओ गुरुङ


बैंकिङ्ग समाचार, काठमाडौं ।

कृषि विकास बैंकको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङले बैंकको शाख र छवि सधैं उँचो राख्ने बताएका छन् ।  उनले बैंकको गरिमामय तथा गहन जिम्मेवारीका लागि नियुक्त भएको अवसरमा बधाई तथा शुभकामना दिनेप्रति कृतिज्ञता जनाउँदै बैंकको अनगिन्ती चुनौतीहरुलाई अवसरमा बदल्नका सहयोगको अपेक्षा गरेका बताएका छन । सोमबार सामाजिक संजाल फेसबुकमार्फत गुरुङले यस्तो बताएका हुन् । उनले लेखेका छन्। https://www.facebook.com/govinda.gurung.58

कृषि विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको गरिमामय तथा गहन जिम्मेवारीका लागि नियुक्त भएको सुखद अवसरमा मलाई बधाई तथा शुभकामना दिनु हुने सम्पुर्ण परिवारजन, इष्टमित्र, साथीसंगी, उद्योगी, ब्यापारी मित्रहरु, पत्रकार बन्धुहरु तथा शुभचिन्तकहरुलाई हार्दिक नमन सहित एकमुष्ठ रुपमा धन्यवाद दिन चाहान्छु । 
६५% जनता कृषिमा आधारित रहेको नेपालको निर्बाहमुखी कृषि प्रणालीलाई बित्तिय पहुँच मार्फत व्यवशायिक कृषि प्रणालीमा रुपान्तरण गरी नेपालको समग्र अर्थतन्त्रमा सकारात्मक योगदान गर्ने पवित्र उद्धेश्यका साथ स्थापित गरिमामय इतिहास बोकेको कृषि विकास बैंकले साना, मझौला, ठुला किसान लगायत सम्पूर्ण तह तप्काका उद्योगी, ब्यापारी तथा बचतकर्ता ग्राहक महानुभावहरुलाई उच्चस्तरीय ग्राहक सेवा सहित पुर्ण रुपमा व्यवशायिक बैकिङ्ग (full fledged commercial banking) सेवा/सुविधा उपलब्ध गराउँदै आएको छ। आगामी दिनमा पनि दक्ष मानव संसाधन तथा अत्याधुनिक प्रबिधिको माध्यमबाट ग्राहक मैत्री वातावरणमा उच्चस्तरीय बैकिङ्ग सेवा सुविधा प्रदान गर्दै जाने र कृषि विकास बैंकको शाख र छविलाई सदैब उँचो राख्ने प्रतिबद्धता सहित अनगिन्ती चुनौतीहरुलाई अवसरमा बदल्नका लागि यहाँहरु सबैको निरन्तर साथ सहयोगको अपेक्षा गर्दछु ।

सिभिल बैंकका पूर्व सीईओ रहेका गुरुङ फागुन ६ गते कृषि विकास बैंकको सीईओमा नियुक्त भएका थिए । उनीसँग बैंकिङ्ग क्षेत्रमा करिब २६ वर्ष काम गरेको अनुभव छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेको नेपाल कमर्स क्याम्पसबाट प्रथम श्रेणीमा एमबीए उत्तीर्ण गरेका उनले हिमालयन बैंकबाट आफ्नो बैंकिङ्ग करियर सुरु गरेका हुन् ।