माथिल्लो मैलुङ्गले आईपीओ जारी गर्दै 

माथिल्लो मैलुङ्गले आईपीओ जारी गर्दै 


बैंकिङ्ग समाचार, काठमाडौं ।

माथिल्लो मैलुङ्ग खोला जलविद्युत कम्पनी लिमिटेडले साधारण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । संस्थाले आइपीओ निष्काशनको अनुमति माग्दै धितोपत्र बोर्ड (सेबोन)  मा निवेदन पेश गरेको छ ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरका २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता आइपीओ निष्काशन गर्न अनुमति मागेको हो । कम्पनीले स्थानीय बासिन्दा र सर्वसाधारण गरी दुई चरणमा आइपीओ निष्काशन गर्ने छ ।

कम्पनीले यसअघि बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।