काठमाडौं – स्रोत नखुलेको नगदसहित दुई जना व्यक्ति पक्राउ परेका छन् । मोरङको विराटनगर महानगरपालिका-१६ दरैयाबाट स्रोत नखुलेको नगद ५ लाख रुपैयाँ सहित सोही महानगरपालिका-१६ सुडिबस्ती बस्ने ३४ वर्षीय चन्दन कुमार साहलाई शुक्रवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले प्र.१-०२-०४९ प ६७९६ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा उक्त नगद फेला पारी चालक चन्दन कुमारलाई पक्राउ गरेको हो ।
रूपन्देहीको सिद्धार्थनगर नगरपालिका– १ बसपार्कबाट स्रोत नखुलेको भारतीय ५ लाख रुपैयाँ सहित कास्की पोखरा बस्ने म्याग्दी रघुगंगा गाउँपालिका– ८ घर भएकी ३७ वर्षीया चटमाया छन्त्याललाई शुक्रवार साँझ प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बेलहिया समेतबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।






About Us
प्रतिक्रिया