काठमाडौं – नेपाल बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष शरद ओझा प्राधिकरणमा फर्किने सम्भावना तत्कालका लागि टरेको छ। सर्वोच्च अदालतले यसअघि दिएको अल्पकालीन अन्तरिम आदेश खारेज गरेसँगै उनी पुनः पदमा फर्किने बाटो बन्दजस्तै भएको हो। सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले गत भदौ २३ मा जारी अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने ठहर गरेको…