अनुमतिपत्र नलिई पर्यटक घुमाउने पथप्रदर्शक कारबाहीमा

काठमाडौं – टुरिष्ट गाईड एशोसिएसन अफ नेपाल (टुर्गान) ले अनुमतिपत्र नलिई पर्यटक घुमाउने पथप्रदर्शकलाई कारबाही गरेको छ । टुर्गानले सोमबार पर्यटक प्रहरीसँगको सहकार्यमा काठमाडौंको वसन्तपुरमा गरेको जाँचका क्रममा अनुमति नलिई पर्यटक घुमाउने पथप्रदर्शकलाई कारबाही गरेको हो । टुर्गानका अध्यक्ष थानेश्वर देवकोटाले पर्यटक पथप्रदर्शकको अनुमतिपत्र नलिएका तथा अनुमतिपत्र लिएर पनि नवीकरण नगरेका पथप्रदर्शकलाई कारबाही गरिएको जानकारी…