निर्धारित समयमै विमानस्थलको स्तरोन्नति गर्न माग

काठमाडौं - वायु सेवा सञ्चालक संघले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति कार्य तदारुक्ताका साथ निर्धारित समयमै गर्न माग गरेको छ। संघले विज्ञप्ति जारी गरी विमानस्थल स्तरोन्नति निर्धारित समयमा सम्पन्न नभएमा सदस्य वायुसेवा कम्पनीहरू आर्थिक घाटामा गई कम्पनी नै बन्द गर्नुपर्ने अवस्था सृजना हुनसक्नेतर्फ सम्बन्धित सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले यही कात्तिक २३…