पोखरामा सवा अर्ब लगानीमा टेम्पल बेल बुटिक होटल सञ्चालनमा

काठमाडौं - पर्यटन राजधानी पोखराको लेकसाइडमा १ अर्ब २५ करोड रुपैयाँ लगानीमा ‘टेम्पल बेल बुटिक होटल एण्ड स्पा प्रालि’ सञ्चालनमा आएको छ । पर्यटन व्यवसायी विश्वराज पौडेल र भीष्मराज पौडेल नेतृत्वको चिल्ली ग्रुपले होटल सञ्चालनमा ल्याएको हो ।  नेपाली मौलिकता र अन्तरराष्ट्रिय स्तरको सुविधासहितको होटल ‘बुटिक’ अवधारणामा निर्माण गरिएको होटलका अध्यक्ष विश्वराज पौडेलले जानकारी दिए…