काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अबदेखि एकै पटक २९ वटा जहाज पार्किङ गर्न सकिने भएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धिका विषयमा जानकारी गराउँदै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जियिनर प्रदीप अधिकारीले यसबारे जानकारी गराएका हुन्। यसअघि इन्टरनेशनल पार्किङ एप्रोनमा ११ वटा मात्रै विमानहरु पार्किङ गर्न सकिन्थ्यो। अब न्यारोबडी १८ वटा, वाइडबडी र न्यारोबडी…