काठमाडौं – सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आज पर्सा लगिने भएको छ । सानोपाइला सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा जिल्ला प्रहरी कार्यलय पर्साबाट पक्राउ पूर्जी जारी भएकाले बयानका लागि लामिछानेलाई पर्सा लैजान लागिएको हो। लामिछानेलाई बुद्ध एयरको विमानबाट पोखराबाट काठमाडौं र काठमाडौंबाट पर्सा लैजान लागिएको हो…