कृषिसहित ५ क्षेत्रमा बाढी/पहिरोको वितण्डा, कम्तिमा १७ अर्ब क्षतिको आँकलन

काठमाडौं – गत साताको बिहीबार रातीदेखि सुरु भएको भीषण वर्षाका कारण आएको विपत्तिले कम्तीमा १७ अर्ब रुपैयाँको क्षति भएको निष्कर्ष सरकारले निकालेको छ । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले कम्तीमा १७ अर्ब रुपैयाँको क्षति भएको विवरण सार्वजनिक गरेका हुन् । सरकारले प्रारम्भिक आँकलनअनुसार मानवीयबाहेक ५ क्षेत्रमा क्षति…