शक्तिशाली सरकारकाे ध्यान रविमा केन्द्रीत, ‘मनि लण्डरिङ्ग’ नियन्त्रणमा चुक्दा ‘ग्रे लिस्ट’मा नेपाल

काठमाडौं – सरकारले सम्पत्ती सुद्धिकरणसँग सम्बन्धीत कानूनी व्यवस्था कमजोर बनाउँदै ‘मनि लण्डरिङ्ग’ नियन्त्रण गर्न नसकेपछि ‘ग्रे लिस्ट’मा नेपाल परेको छ । सम्पत्ती सुद्धिकरणसँग सम्बन्धीत विषयको निगरानी राख्ने संस्था ‘फाइनान्सियल एक्सन टास्क फोर्स’ (एफएटीएफ)ले नेपाललाई सो सूचीमा राखेको हो । फ्रान्सको राजधानी पेरिसमा जारी एफएटीएफको अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा नेपाल कालोसूचीभन्दा एक तहमात्रै माथिको स्थानमा पुगेको छ…