आगामी बजेटमा कर सम्बन्धी सुझावका लागि परामर्श समिति बन्यो, चैत मसान्तसम्म प्रतिवेदन बुझाउने

काठमाडौं – आगामी आर्थिक वर्ष २०८३।८४ को बजेट निर्माणका सम्बन्धमा सरकारलाई रायसुझाव प्रदान गर्नका लागि राजस्व परामर्श समिति गठन भएको छ। अर्थमन्त्री रामेश्वरप्रसाद खनालको २८ माघ को निर्णयबाट अर्थ मन्त्रालयका सचिव (राजस्व) को संयोजकत्वमा राजस्व परामर्श समिति गठन भई समितिले आफ्नो कार्य प्रारम्भ गरेको हो। समितिमा सरकारी निकाय, शैक्षिक क्षेत्र, केन्द्रीय बैंक तथा निजी क्षेत्रका…