काठमाडौं – अमेरिकाको राष्ट्रपतिमा रिपब्लिकनका डोनाल्ड ट्रम्प निर्वाचित भएयता सुनचाँदीको मूल्य घट्न थालेको छ । डोनाल्ड ट्रम्प चुनावबाट ४७औं राष्ट्रपतिमा निर्वाचित भएपछि लगातार सुनको मूल्य घट्दै छ । खासगरी, अन्तर्राष्ट्रिय बजारमा डलर बलियो बनेर सुनको मूल्य घट्न थालेपछि नेपाली बजारमा पनि यसको प्रभाव परेको हो । कात्तिक १४ गतेसम्म सुनको मूल्य निरन्तर उकालो लागेको थियो…