अर्थ सचिव उपाध्यायले लिए राष्ट्र बैंक सञ्चालक समिति सदस्यको शपथ

काठमाडौं – अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसमक्ष नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यको रुपमा शपथ लिएका छन् । सर्वोच्च अदालतमा बिहीबार आयोजित एक कार्यक्रममा प्रधानन्यायाधीश राउतले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव नेपाल राष्ट्र बैंक सञ्चालक समितिको…