४६ प्रतिशतले बढ्यो निर्यात, कुल वैदेशिक व्यापार ११ खर्ब माथि

काठमाडौं - चालु आर्थिक वर्ष २०८१/८२ को ७ महिना (साउन–माघ) मा आइपुग्दा निर्यात बढेकाे छ। भन्सार विभागका अनुसार माघ मसान्तसम्म १ खर्ब २७ अर्ब २० करोड ४८ लाख २९ हजार रुपैयाँ बराबरको वस्तु नेपालबाट विदेश निर्यात भएको छ । जुन गत आवको यसै अवधिको तुलनामा ४६.५० प्रतिशतले धेरै हो। गत वर्ष माघसम्म ८६ अर्ब ८३…