निर्यात ४६.५ प्रतिशतले बढ्यो, सात महिनामा १ खर्ब २७ अर्बको निर्यात

काठमाडौं - कुल वस्तु निर्यात ४६.५ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेकाे चालु आर्थिक वर्षकाे माघसम्मकाे तथ्यांकअनुसार निर्यात उल्लेख्य बढेको हो । यो अवधिमा १ खर्ब २७ अर्ब २० करोड रुपैयाँको निर्यात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ७.१ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारत, चीन…