राजावादीको प्रदर्शन उग्र बनेसँगै शान्तिनगरदेखि जडीबुटीसम्म ‘कर्फ्यु’

काठमाडौं - काठमाडौंको तीनकुनेमा कर्फ्यु आदेश जारी भएको छ। राजावादी प्रदर्शनकारी उग्र भएर व्यक्तिको घर तोडफोड तथा आगजनीमा उत्रिएपछि सम्भावित दुर्घटनालाई टार्न काठमाडौँ प्रशासनले कर्फ्यु आदेश गरेको हो। शान्तिनगर पुलदेखि जडीबुटी हुँदै मनोहरा खोला पुलसम्म कर्फ्यु आदेश गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए। प्रहरीले अहिले भने तीनकुने क्षेत्रबाट राजावादीको प्रदर्शनकारीलाई तितरबितर पारेको छ। प्रदर्शनले उग्ररूप…