गण्डकी प्रदेशमा स्वास्थ्य बिमितको सङ्ख्या ४९ प्रतिशत

गण्डकी - गण्डकी प्रदेशमा स्वास्थ्य बिमा कार्यक्रममार्फत बिमितको सङ्ख्या ४९ प्रतिशत पुगेको छ । नवौँ स्वास्थ्य बिमा दिवसका अवसरमा स्वास्थ्य बिमा बोर्ड गण्डकी प्रदेश कार्यालयद्वारा सोमबार पोखरामा आयोजित कार्यक्रममा प्रदेशको कूल जनसङ्ख्या २४ लाख ६६ हजार ४२७ रहेकामा यही चैत २५ गतेसम्म बिमित हुनेको सङ्ख्या १२ लाख सात हजार १७२ पुगेको जानकारी दिइएको हो ।…