काठमाडौं – बैंक तथा वित्तीय संस्थाले दिने ऋणको ब्याजदर सस्तिँदै जाँदा जलविद्युत् क्षेत्र लाभान्वित बनेको छ । नेपालमा लगानीका विभिन्न क्षेत्रमध्ये सम्भावना बोकेको जलविद्युत् क्षेत्रले घट्दो ब्याजदरबाट लाभ लिन सकेका हुन् । नेपाल राष्ट्र बैंककाअनुसार आर्थिक वर्ष ०८१/८२ को असार मसान्तमा वाणिज्य बैंकको कर्जाको औषत भारित ब्याजदर ७.८५ प्रतिशत कायम छ । ०८१ असारमसान्तसम्म यस्तो…