काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको हो। यससँगै आज सुनको मूल्य तोलामा २ लाख ५८ हजार ४ सय रुपैयाँ कायम भएको छ। हिजो प्रतितोला छापावाला सुनको मूल्य तोलामा २ लाख ६० हजार ४ सय रुपैयाँमा किनबेच भएको थियो।…