राजनीतिमा तरङ्ग ल्याएका रविसामु न्यायिक चुनौती कायमै: पाँच अदालत, पाँच मुद्दा, साढे पाँच करोड धरौटी

काठमाडौं – टेलिभिजनको स्टुडियोबाट सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सार्वजनिक जीवनको यात्रा अहिले न्यायालयको ढोकादेखि ढोकासम्म आइपुगेको छ। सोमबार अबेरसम्म बसेर कुलमान घिसिङको समर्थनमा गठित उज्यालो नेपाल पार्टीसँग एकता गर्दै राष्ट्रिय राजनीतिमा नयाँ तरङ्ग ल्याएका लामिछानेका लागि राजनीतिक सक्रियता जति चर्को छ, न्यायिक चुनौती पनि उत्तिकै छ। सहकारी ठगीसम्बन्धी विभिन्न…