इन्स्योरेन्स डिस्कोर्शमा सिंगापुरका प्रोफेसर लिमले विशेष सम्बोधन गर्ने

काठमाडौं – तेस्रो इन्स्योरेन्स डिस्कोर्श २०२६ मा सिंगापुरका प्रोफेसर इयान लिमले विशेष सम्बोधन गर्ने भएका छन्। बैंकिङ्ग समाचार र न्यूज अफ इन्स्योरेन्सको संयुक्त आयोजनामा हुने तेस्रो संस्करणको नेशनल इन्स्योरेन्स डिस्कोर्शमा लिमले विशेष सम्बोधन गर्न लागेका हुन्। लेक्सेसर फाइनान्सियल ग्रुपका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत समेत रहेका लिमसँग बीमा क्षेत्रमा काम गरेको तीन दशक लामो अनुभव…