ढाका- मध्यपूर्वमा जारी युद्धका कारण तेलको मूल्य तीव्र रूपमा बढेपछि एसियाका विभिन्न देशहरूमा इन्धन अभाव र असन्तुष्टि देखिन थालेको छ। बङ्गलादेशमा अवस्था अझ तनावपूर्ण बनेपछि प्रमुख तेल डिपोहरूको सुरक्षा गर्न सैनिक तैनाथ गरिएको छ।तेल आयातमा अत्यधिक निर्भर बङ्गलादेशले आफ्नो ऊर्जा आवश्यकताको करिब ९५ प्रतिशत बाहिरबाट ल्याउँछ। इन्धन अभावको आशङ्कासँगै राजधानी ढाकासहित विभिन्न स्थानका पेट्रोल पम्पहरूमा…