भारत–युरोप व्यापार सहमति ऐतिहासिक

काठमाडौं - दुई दशकको छलफलपछि अन्ततः भारत र युरोपेली संघ (ईयू)बीच बहुप्रतीक्षित व्यापार सम्झौता भएको छ। मंगलबार नयाँदिल्लीमा भएको उच्चस्तरीय भेटमा दुवै पक्षका नेताहरूले यस सम्झौतालाई औपचारिक रूप दिने तयारी गर्दै यसलाई ‘सबै सम्झौताको जननी’ भनेर व्याख्या गरेका छन्। युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयन र युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग…