अमृत पुडासैनी, काठमाडौं । बैंकहरुले मनपरि व्याजदर बढाएको भन्दै अटोमोवाइल व्यवसायीले काठमाडौंको माइतीघरमा बिरोध गरेका छन् । अटोमोवाइल एसोसियसन् अफ नेपाल(नाडा) को नेतृत्वमा माइतीघरमा आन्दोलन गरेका हुन् । हातमा कालोपट्टी लगाएर राष्ट्र बैंक र सरकारको विरोध गरेका हुन् । राष्ट्र बैंकले एलसी खोलेपनि ५० प्रतिशत मार्जिन, ५० प्रतिशत मात्रै फाइनान्सिङ्ग गर्न पाइने व्यवस्थाले अटो व्यवसायीहरु…