काठमाडाैं-ग्लोबल आईएमई बैंक लिमिटेडको अध्यक्ष अध्यक्ष चन्द्रप्रसाद ढकालले शपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आइतबार ढकाललाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्। बिहीबार सम्पन्न बैंकको १७औं वार्षिक साधारणसभाबाट निर्वाचित ६ सदस्यीय सञ्चालक समितिको पहिलो बैठकले ढकाललाई पुनः अध्यक्षमा निर्वाचित गरेको थियाे। उनी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत हुन् ।…