राष्ट्र बैंकद्वारा खुला बजार कारोबार विनियमावली संशोधन, के –के छन् व्यवस्था ? (पूर्णपाठसहित)

काठमाडौं – नेपाल राष्ट्र बैंकले खुला बजार कारोबार विनियमावलीमा पाँचौँ संशोधन गरेको छ। राष्ट्र बैंकको सञ्चालक समितिले गत साउन १७ गते विनियमावलीमा संशोधन गर्दै लागू गरेको हो। मौद्रिक नीतिको कार्यदिशाअनुरुप वित्तीय बजारमा तरलता व्यवस्थापन गर्दै ब्याजदर करिडोरलाई व्यवस्थित गर्न बैंकको पहलमा विनियम १० को उपविनियम (१) बमोजिमका खुला बजार कारोबार सञ्चालन गरिने व्यवस्था गरिएको छ।…